ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न एनवाईईएफको र्‍याली

२०७९ मंसिर, ७  
बजार
Tvs Raider Image Not Found

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरेको छ । कात्तिक १७ देखि २० गतेसम्म आयोजना गरिएको र्‍याली पोखराबाट शुरू भएर उत्तरी सीमानाका कोरलासम्म पुगेको एनवाईईएफले जानकारी दिएको छ । एनवाईईएफले आफ्नो कोर भ्यालु ‘नेशन फर्स्ट’ अनुसार ‘आन्तरिक पर्यटनका लागि सबै सँगै’ नारासहित र्‍याली गरिएको जानकारी दिएको छ ।

र्‍यालीको आयोजना एनवाईईएफ पोखरा च्याप्टरले गरेको हो । र्‍यालीको मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु, एनवाईईएफका सदस्यलाई अभिप्रेरित गरेर साहस तथा मनोरञ्जन प्रदान गर्नु र व्यक्तिगत, सामूहिक, सार्वजनिक व्यापार व्यवसायलाई प्रवर्द्धन गरी हौसला बढाउनु रहेको आयोजकको भनाइ छ ।

यसैगरी उद्यमीहरूका लागि व्यापारिक अवसरहरू खोज्न, नेपालमा निर्मित वा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र अन्तरराष्ट्रिय व्यापार मार्ग तथा सम्भावनाहरूको खोजी गरी गण्डकी प्रदेशवासीलाई फाइदा दिलाउन समेत र्‍याली आयोजना गरिएको बताइएको छ ।

उद्देश्य प्राप्तिमा मोटर र्‍याली सफल भएको एनवाईईएफ एनजीसीका अध्यक्ष रितेश लामिछानेले बताए । र्‍याली कोभिडपछि सुस्ताएको पर्यटन उकास्न, आन्तरिक पर्यटनको प्रवर्द्धनका साथै हिमाली जिल्ला मुस्ताङका कोरला नाका, लोमान्थाङ, मार्फा, जोमसोङलगायत ठाउँको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान दिन सफल भएको एनवाईईएफ पोखरा च्याप्टरका अध्यक्ष सुयश मल्लले बताए ।

र्‍यालीमा सहभागीहरूले कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन गर्नुका साथै साहसिक खेलकुदको प्रवर्द्धनमा पनि भूमिका निर्वाह गरेको आयोजकको दाबी छ । भ्रमणका क्रममा स्थानीय उत्पादन स्याउ, ओखर, आलु, खुर्पानी लगायतको प्रोसेसिङ र प्याकेजिङको पनि अवलोकन गरिएको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro