ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भक्तपुर -२ मा ५३ हजार भोट गन्दा महेश बस्नेत र दुर्लभ थापा दुवैले कटाए २०/२० हजार भोट

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। भक्तपुर -२ मा एमाले उम्मेदवार महेश बस्नेत र कांग्रेस उम्मेदवार दुर्लभ थापा दुवैले २०/२० हजार मत कटाएका छन्।

उद्यपी बस्नेतभन्दा थापा ७०० मतान्तरले अघि छन् । थापाले २० हजार ८५२ मत ल्याउँदा बस्नेतले २० हजार १०९ मत ल्याएका छन् ।

नेमकिपाकी अनुराधा थापा मगरले ५ हजार ६१३ र राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ४८९ मत ल्याएका छन् । राप्रपाका मोहन केसीले २१ सय मत कटाएका छन् ।

भक्तपुर २ को मत गणना अन्तिम चरणमा पुगेको छ । यस अघि २०७४ को निर्वाचनमा एमालेका बस्नेत ३६ हजार मत ल्याएर विजयी हुँदा कांग्रेसका दमननाथ ढुङ्गानले १८ हजार मात्रै मत पाएका थिए ।
त्यतिबेला ५५ हजार भोट खसेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro