ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं -८ मा घण्टीबाट विराजभक्त श्रेष्ठ निर्वाचित, सत्ता गठबन्धन तेस्रो स्थानमा

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। उनी १० हजार १ सय ५ मत ल्याएर विजयी भएका हुन्।

उनी निर्वाचित भएसँगै घन्टी चिह्न पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ ।

विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए ।

उनका निकट प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याएर दोस्रो भएका छन् । सत्ता गठबन्धनबाट एकिकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो स्थानमा रहे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro