ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

ललितपुर -१ मा कांग्रेसका राणा निर्वाचित,जोसँग हारे उसैलाई हराएर बदला लिए

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।

उनी नेकपा एमालेका नवराज सिलवाललाई साढे ४ हजारभन्दा बढी मतले हराउँदै निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले दिएको अन्तिम मत परिणामअनुसार राणाले २३ हजार ८९२ मत ल्याएका छन् भने नेकपा एमालेका सिलवालले १९ हजार २७८ मत ल्याएका छन्। उनीहरूबीचको मतान्तर ४ हजार ६१४ छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यहाँ उदयशमशेर राणा र नवराज सिलवालबीच नै प्रतिस्पर्धा थियो । प्रहरी सेवा छाडेपछि एमाले प्रवेश गरी राजनीति शुरू गरेका पूर्वडिआइजी सिलवालले अघिल्लो चुनावमा उदयशमशेरलाई पराजित गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro