ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चितवनमा अरू दलको भोटिङ मिटर नै रोकियो, अरूमा १ हजार मत थपिंदा घण्टीमा ६ हजार बढी

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अग्रता लिएका छन् ।

पछिल्लो समय मतगणना भएको क्षेत्रमा घण्टीमा एकलौटी मत आएको छ । अन्य दलको चुनाव चिन्हमा १ हजार मत थपिंदा घण्टीमा ६ हजार मत थपिएको छ ।

पछिल्लो मत परिणाम अनुसार २७ हजार ४ सय ९४ मत गन्दा रवि लामिछाने ७ हजार ३ सय ९२ मतको अग्रता लिएका छन् ।

उनले १३ हजार ६४१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ मत ल्याएका छन्।

यहाँ नेपाली काग्रेसका उमेश श्रेष्ठ तेस्रो स्थानमा छन्। उनले ५ हजार ९३५ मत ल्याएका छन्।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro