ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कांग्रेसले गठबन्धन नगरी एक्लै भिडेको काठमाडौं -१० मा राजेन्द्र केसीको ह्याट्रिक 

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं १० पनि जितेको छ । काठमाडौं १० बाट राजेन्द्र कुमार केसी १४ हजार ४५८ मत सहित विजयी भएका छन् । उनी लगातार तेस्रोपटक प्रतिनिधि सभामा विजयी भएका हुन् । पहिलोपटक २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा उनले माओवादी अध्यक्ष प्रचण्डलाई हराएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत प्राप्त गरेका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टले ८ हजार ७२६ मत  ल्याएका छन् । राप्रपाका बलराम थापाले ६ हजार ५६ मत ल्याउँदा समाजवादी/माओवादी गठबन्धनबाट अन्जना विशंखे ५ हजार २६२ मत सहित पाँचौ स्थानमा आइन् । 

यो क्षेत्रको मुख्य केन्द्र कीर्तिपुर नगरपालिकाको।स्थानीय निर्वाचनमा पनि कांग्रेस एक्लै लडेर विजयी भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro