ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौँपटक विजयी, छैटौं पटक प्रधानमन्त्री हुने बाटो खुल्यो !

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगातार ७ पटक निर्वाचित हुनु भएको छ ।

कुल ५१ हजार२०३ मतगणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत प्राप्त गरे मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । विसं २०१७ देखि राजनीतिमा लाग्नुभएका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुनुहुन्छ ।

विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट पहिलोपटक विजयी हुनुभएको थियो । देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जित्नुभएको थियो ।

यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले बताए ।

देउवाले चुनाव जितेसँगै उहाँ फेरि प्रधानमन्त्री हुने र ज्योतिशले भने अनुसार ७ पटक नै प्रधामन्त्री चुनीने विश्वास गरेका छन् । अहिलेको चुनावी मत परिणामले पनि कांग्रेस पहिलो दल हुने र सरकारको नेतृत्व लिने आकलन गरिएको छ ।

तर, प्रधानमन्त्री देउवालाई भावी प्रधानमन्त्रीबाट रोक्न युवा नेता गगन थापा लागि परेका छन् । कांग्रेस नेता प्रकाशमान सिंह पनि प्रधामन्त्रीको दौडमा छन् । संसदिय दलको निर्वाचनमा विजयी हुने नेपाली कांकग्रेसको सांसद नै सरकारको नेतृत्व गर्ने अवसर आउँदा प्रधानमन्त्री हुन पाउने छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro