ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रास्वपाले समानुपातिकमा पनि बजायो घण्टी, कटायो १ लाख मत, जनमत पार्टीभन्दा पछि नेकपा एस

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं ।  यहि चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ पनि आकर्षक मत ल्याएको छ ।रास्पा आकर्षक मत सहित तेस्रो स्थानमा छ ।

यो समाचार तयार पार्दा सम्म  प्रतिनिधी सभा तर्फ सो पार्टीले १ लाख १ हजार ७०३ मत ल्याएको छ । समानुपातिक तर्फ एमालेले सर्वाधिक २ लाख २१ हजार ६५३ मत ल्याउँदा नेपाली काँग्रेसले १ लाख ९८ हजार ७६९ मत ल्याएर दोस्रो स्थानमा रहेको छ । त्यस्तै,  नेकपा माओवादीले ९८ हजार १८४ मत ल्याउँदा राप्रपाले ५१ हजार ९०० मत ल्याएको छ । एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले भने ११ हजार ९५६ मत मात्रै पाएको छ । यो भनेको मधेशमा भरखरै  उदाएको जनमत पार्टीको भन्दा पनि कम हो । 

जनमत पार्टी भन्दा पछाडी समाजवादी
समाजवादीको समानुपातिक तर्फको मत हेर्दा हाल सम्म मजदुर किसान पार्टी १३ हजार ६१७, जनता समाजवदीको १६ हजार ८५६ र जनमत पार्टीले १६ हजार १७६ मत ल्याएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro