ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौंका १० क्षेत्र : २०७४ मा ६ सिट जितेको एमाले १ सिटमा खुम्चियो, रास्वपाको जबरजस्त इन्ट्री

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौंका १० ओटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बुधवार बिहान काठमाडौं -१० मा कांग्रेसका राजन केसी निर्वाचित भएसँगै १० ओटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
काठमाडौंमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ५ सिट जित्दा भरखरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सिट जितेको छ । नेकपा एमालेले १ सिट जितेको छ ।

यस अघि २०७४ को निर्वाचनमा कांग्रेसले ४ सिट, एमालेले ६ सिट जितेको थियो । २०७४ मा जितेको काठमाडौं -६ कांग्रेले गुमाए पनि एमालेले जितेका धेरै क्षेत्रमा जित हात पारेपछि कांग्रेस पहिलो पार्टी बनेको छ ।

२०७४ मा काठमाडौं २, ३, ५, ७, ८ र ९ नम्बर क्षेत्र एमालेले जितेको थियो । तर अहिले काठमाडौं ९ मात्रै एमालेले जितेको छ । बाँकी सबै क्षेत्रमा कांग्रेस र रास्वपाले जित निकालेका छन् ।

कुनै समय काठमाडौंका १० मध्ये  ८ सिट जितेको माओवादीलाई २०७४ मै पाखा लगाएका काठमाडौंका जनताले यसपाली पनि पत्याएनन् । उल्टो यसपाली नेकपा एमालेलाई पनि काठमाडौंका जनताले पत्याएनन् । 
स्पष्ट भिजन मिसन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको भने जबरजस्त इन्ट्री भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro