ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नबिल फ्लेक्सी क्याप फण्डको इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन 

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गते देखि विक्रीमा ल्याएको खुलामुखी म्युचुअल फण्डको इकाई खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले निष्काशन गरेको हो । यस योजना सञ्चालनका लागि प्रतिइकाई रू. १० का दरको ७ करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये कोष प्रबद्र्धकलाई १४ प्रतिशत र योजना व्यवस्थापकलाई १ प्रतिशत छुट्याइएको छ ।

यी वाहेक बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई सर्वसाधारणमा विक्री गरिने योजना व्यवस्थापकको भनाई छ ।  पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्कासन गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।

यो इकाई छिटो अवधि कात्तिक २७ गतेसम्म वितरण हुन नसक्दा ढिलो अवधि मंसिर ७ गतेसम्म विक्री खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro