ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

राधी विद्युत कम्पनीको अवितरित हकप्रद शेयर खरीदका लागि बिहीवारसम्म बोलपत्र पेश गर्न सकिने 

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले कात्तिक २९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर खरीदका लागि बोलपत्र पेश गर्ने अवधि थप भएको छ ।

कम्पनीले मंसिर ७ गतेसम्म बोलपत्र पेश गर्ने अवधि तोकेको थियो । यो बीचमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा परेकाले कम्पनीले मंसिर ८ गतेसम्म बोलपत्र पेश गर्न सकिने जानकारी दिएको हो । 

कम्पनीले १३ लाख ५२७ दशमलव ९९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको हो  । कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । हाल कायम चुक्तापूाजीको आधारमा कम्पनीले सो अवधिमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर जारी गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने ३८ हजार ५०५ जना शेयरधनीहरूलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद शेयर कात्तिक १७ गते बाँडफाँट गरी वितरण हुन नसकेको शेयर भने लिलामीमा ल्याएको हो ।

यो शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । खरीदकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्दे आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

शेयर बाँडफाँट गर्दा सबैभन्दा बढी प्रतिशेयर मूल्य कबोल गर्ने बोलपत्रदातालाई बाँडफाँट गरिने पनि कम्पनीको भनाई छ । बोलपत्र आवेदन फारम मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेड, शाखा कार्यालयहरू : ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगञ्ज, जनकपुर, नारायणगढ, हेटौंडा, पृथ्वीचोक–पोखरा, बागलुङ, बुटवल, नेपालगञ्ज, तुलसीपुर–दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट लिन र बुझाउन सकिनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ दशमलव ५० रहेको छ । अवितरित हकप्रद शेयर समेत निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ दशमल ५० पुग्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro