ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको लाभांश वितरण

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई बन्दमुखी योजनाले यस वर्षको लाभांश वितरण गरेका छन् ।

क्यापिटलको व्यवस्थापनमा सञ्चालित पहिलो बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड र दोस्रो बन्दमुखी योजना एनआईसी एशिया ब्यालेन्स्ड फण्डले लाभांश वितरण गरेका हुन् । दुवै योजनाले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट एउटै अनुपातमा करसमेत १३ प्रतिशत नगद लाभांश वितरण गरेका हुन् ।

लाभांश प्रयोजनका लागि दुवै योजनाले कात्तिक १५ गते एक दिन बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा कात्तिक १४ गतेसम्म कायम दुव योजनाका इकाईधनीहरूको बैंक खातामै मंसिर २ गतेदेखि रकम जम्मा गर्न शरू गरिएको क्यापिटलको भनाइ छ । 

हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र अद्यावधिक गराउन योजना व्यवस्थापकले अनुरोध गरेको छ । आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने भनाइसमेत योजना व्यवस्थापकको छ । एनआईसी एशिया ग्रोथ फण्ड सातवर्षे अवधिको र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड १० वर्षे अवधिको योजना रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro