ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

शुभ लक्ष्मी कोषको इकाई आजदेखि खरीदविक्री गर्न सकिने 

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित शुभ लक्ष्मी कोषको इकाई मंसिर ७ गतेदेखि खरीदविक्री गर्न सकिने भएको छ ।

खुलामुखी प्रकृतिको यस योजनाको इकाई योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा मार्फत खरीविक्री गर्न सकिने छ । 
कारोबारका लागि आइतवारदेखि बिहीवारसम्म विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काउण्टर खुला रहने क्यापिटलको भनाइ छ । शुक्रवार, शनिवार तथा सार्वजनिक विदाको दिन भने योजनाको इकाई कारोबार नहुने जानकारी समेत क्यापिटलले दिएको छ । 

यस योजना सञ्चालनका लागि गत साउन १९ गतेदेखि भदौ २ गतेसम्म इकाई विक्री गरिएको थियो । प्रतिइकाई रू. १०  अंकित दरको ५ करोड इकाई क्यापिटलले विक्री गरेको हो । यस योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिने क्यापिटलको भनाइ छ । खुद मुनाफामध्ये आवश्यकता अनुसार सञ्चित मुनाफा पुनः लगानी गरिने जानकारी समेत क्यापिटलले दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro