ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बुधवारसम्म रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर ८ गते बुक क्लोज गरेकाले आजसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले आव २०७७/७८  सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro