ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सुनचाँदीको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

२०७९ मंसिर, ७  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । स्थानीय बजारमा आज बुधवार सुनको मूल्य तोलाको ४०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १ हजार २७५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी,  आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३० रूपैयाँ ९७ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ २५ पैसा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro