ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेप्सेले किन रोक्का गर्‍यो रिडी पावर कम्पनीको शेयर कारोबार

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिडी पावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीलाई स्पष्टीकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीले कारोबार समयमा सञ्चालक समितिको बैठक राखेर लाभांश घोषणा गरेकोले नेप्सेले शेयर कारोबार रोक्का राखेको हो। कम्पनीले मंगलवार बिहान ११ बजे सञ्चालक समितिको बैठक राखेर लाभांश प्रस्ताव गरेको थियो भने त्यसको जानकारी बजार बन्द भएपछि नेप्सेलाई गराएको थियो ।

लाभांश प्रस्ताव गर्दा कारोबार समयमा सञ्चालक समितिको बैठक राख्न नहुने तथा प्रस्ताव गरिएको लाभांश सोही दिन वा अर्को दिन बजार खुल्नु अगाडि मात्र नेप्सेलाई जानकारी गराउनुपर्ने  व्यवस्था छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश गरी कुल ४२ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro