ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा भोलि बिहीवार मंसिर ८ गते हुँदै छ ।

सभा बिहान ९ बज होटल भिगवा वीरगञ्ज पर्सामा हुने जानकारी दिइएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्तापूँजीको १५ दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा कात्तिक १७ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro