ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

 कर दिवसमा को - को सम्मानित भए उत्कृष्ट करदाता

२०७९ मंसिर, ७  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०७७/ ७८ मा व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै कर बुझाउने करदाता विजयकुमार शाह बनेका छन्। 

आन्तरिक राजस्व विभागले जावलाखेल डिस्टिलरीका अध्यक्ष विजयकुमार शाहलाई राष्ट्रिय कर दिवस २०७९ को अवसरमा बुधवार आयोजित कार्यक्रममा सम्मान गरेको हो। 
त्यस्तैगरी, उक्त वर्ष सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने कम्पनी सूर्य नेपाल प्रालि बनेको छ।  

त्यस्तै उक्त आवमा सबैभन्दा बढी मूल्य अभिवद्धि कर (भ्याट) तिर्नेमा गोर्खा ब्रुअरी प्रालि भएको छ। समयमै कर दाखिला गरेका नियमित कर सहभागिता जनाएकामध्येबाट गोर्खा ब्रुअरी छानिएको हो। आव २०७८/ ७९ मा बुझाएको भ्याट विवरणको आधारमा उक्त कम्पनी सम्मानित भएको हो। 

विभागले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, चिलिमे जलविद्युत् कम्पनीसहित १६ ओटा सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनीलाई पनि सम्मान गरेको छ। निर्यात कारोबारतर्फ शिवशक्ति घ्यू उद्योगले सम्मान पाएको छ। 

त्यस्तै, छिमेक लघुवित्त, नबिल बैंक, नोबेल मेडिकल कलेज, आइएमई लिमिटेड, नेपाल धितोपत्र विनिमय बजार, हंसराज हुलासचन्द कम्पनी, मनकामना दर्शन प्रालि, ओसिबी फुड्स, राजेश मेटल क्राफ्ट प्रालि पनि सम्मानित भएको छ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro