ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भन्सार छलेर ल्याउँदै गरेका विभिन्न ब्राण्डका अवैध मदिरासहित एक जना पक्राउ

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । अवैध रूपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको करीब ५ लाख ६५ हजार रुपैयाँ बराबरको विभिन्न ब्राण्डका मदिरासहित बिर्तामोड नगरपालिका-३ घर भएका २६ वर्षीय जीवन दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न प्रकारका ब्राण्डेड मदिरा अवैध रूपमा भारतबाट भन्सार छली कोठामा ल्याई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मदिरा जेडी २१ थान, डबल ब्ल्याक २१ थान, भोड्का १८ थान र जेगा मास्टर १७ थानसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गारिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro