ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं - २ का दुवै प्रदेशमा राप्रपाका राजु विष्ट र सुनिल केसी विजयी

२०७९ मंसिर, ७  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं क्षेत्र नं २ को प्रदेश सभाको दुवै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेश सभाको दुव क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार काठमाडौं क्षेत्र नं २ (२) राप्रपाका राजु विष्ट १२ हजार १ सय ६३ मतले विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ९० मत प्राप्त गरेका छन् ।

यसअघि काठमाडौं क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको शुरूआत भएको थियो । केसीले ५ हजार ५ सय ९८ मत ल्याएका थिए । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro