ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

२०७९ मंसिर, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक  एक्सचेन्ज (नेप्से) ले बुधवार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १५ प्रतिशत बोनस शेयरको समायोजनपछि रू. ५२१ दशमलव ५७ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. ५९९ द्शदमलव ८० को आधारमा शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे गर्ने जानकारी गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro