ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

झापा–१ बाट शर्मा र पर्सा–२ बाट चौरसिया सांसद निर्वाचित, कांग्रेसले जित्यो १६ सिट

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । बुधवार साँझ सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनले ३९ हजार ६२४ मत पाएर सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले २५ हजार ३४९ मत मात्र पाए ।

पर्सा–२ बाट पनि कांग्रेसकै अजयकुमार चौरसिया सांसदमा निर्वाचित भएका छन् । बुधवार साँझ सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार उनले जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् । चौरसियाले २८ हजार ४५१ मत ल्याउँदा जसपाका कुर्मीले २२ हजार ४४५ मत पाए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro