ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विपद्पछिको उत्थानशीलताबारे निजी क्षेत्रको छलफल

२०७९ मंसिर, ७  
बजार समाचार
Tvs Raider NA

काठमाडौं (अस) । नेट कन्सोर्टियम (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्र (एनडीआरसी) नेपाल; व्यवस्थापन, आर्थिक सुधार र लैंगिक समानताका लागि उद्यम (एमर्ज) र ट्यान्जेन्ट वेभ्स)ले आयोजना गरेको ब्याम्बु सिरिजको दोस्रो कार्यक्रम मंगलबार आयोजना भएको छ । सो कार्यक्रममा व्यवसायहरु विपद्को सामना गर्न पूर्व तयारी अवस्थामा छन् त भन्नेबारे छलफल गरिएको थियो । कार्यक्रमले कोभिड–१९ जस्ता विपद्को समयमा व्यवसायहरुले सामना गरेको चुनौती, उनीहरुले अपनाएका प्रतिक्रिया संयन्त्र र विपद्को पूर्वतयारीको महत्वबारे व्यापक अन्तरदृष्टि उपलब्ध गराएको छ । 
कार्यक्रममा एशियाली प्रकोप पूर्वतयारी केन्द्रका कन्ट्री प्रोग्राम म्यानेजर एड्विन एम सालोङ्गा, फिलिपिन्सको विपद् उत्थानशीलता संस्थानका मिसेल बेहोनान लगायत निजी क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । नपाली ट्राभल एजेन्सी ए.एन.टी होल्डिङ्स प्रा. लि.का कार्यकारी निर्देशन शारदा जोशीले विपद् समयमा व्यवसायको राम्रो व्यवस्थापनका लागि व्यवसाय निरन्तरता योजनाको विकास गर्नु पर्ने बताए । भिलेज क्याफेका गजेन्द्र मल्लले भने विपद्को सबैभन्दा मारमा महिला कामदारहरु पर्नेतर्फ औंल्याउँदै सरकारले सामाजिक सुरक्षा सञ्जाललाई सम्बोधन गर्नु पर्ने बताए । महिलाहरुलाई विपद् व्यवस्थापनको विषयमा तालिम दिन पनि निकै जरुरी भएको उनको भनाइ छ । 
रुष्टर लोजिकका सीईओ बिजेन्द्र रोचन जोशीले भने कोभिडको समयमा कर्मचारीहरुलाई तलब खुवाउन र भाकामै बैंकहरुलाई कर्जाको पुनः भुक्तानी गर्न गाह्रो भएको बताए । सरकारले यस्ता चुनौतीहरु न्यूनीकरणका लागि उपलब्ध गराएका संसाधनहरुबारे जानकारीमा पहुँच चाहिएको पनिले उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro