ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

अर्घाखाँचीका रायमाझी चौथो पटक सांसद चुनिँदा प्युठानका थापा पहिलोपटक संसद छिर्दै

२०७९ मंसिर, ८  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा एमाले सचिव टोपबहादुर रायमाझी अर्घाखाँची–१ बाट चौथौ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बुधबार राति सकिएको मतगणना अनुसार रायमाझीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले पराजित गर्दै चौथौ पटक सांसदमा विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् । यसअघि रायमाझीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए । 

प्युठान–१ बाट पनि एमाले उम्मेदवार सूर्य थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी पहिलाेपटक सांसदमा निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनकको समर्थन पाएकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।  

थापाले ४१ हजार ११८ मत पाए भने पौडेलले ३५ हजार ८४४ मत पाइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro