ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

५० स्थानको नतिजा : कांग्रेसले २२ सिट जित्दा एमाले १० सिटमा सीमित, 'गठबन्धनलाई बहुमत'

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुधवार मध्यरातसम्म प्रतिनिधि सभा अन्तर्गत ५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जस अनुसार सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले ५० मध्ये २२ सिट जितेको छ । यो भनेको कुल नतिजाको ४४ प्रतिशत हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने १० सिट मात्रै जितेको छ । यो भनेको उक्त नतिजाको २० प्रतिशत मात्रै हो ।

सत्ता गठबन्धनको प्रमुख साझेदार माओवादी केन्द्रले ५ सिट जितेको छ । यो भनेको प्राप्त नतिजाको १० प्रतिशत हो ।

सत्तागठबन्धन साझेदार दलले जितेको कुल सिट संख्या भने ३१ पुगेको छ । यो भनेको प्राप्त नतिजाको ६२ प्रतिशत सिट संख्या हो ।
यसमा एकीकृत समाजवादीको २, लोसपा र जनमोर्चाको १/१ सिट रहेको छ ।

यहि चुनावबाट मात्रै प्रतिनिधि सभामा प्रतिस्पर्धा  गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सिट जितेको छ । 

अन्यमा राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र  स्वतन्त्रले १/१ गरी ६ सिट जितेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro