ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद साढे ६ हजार मतान्तरमा  विजयी

२०७९ मंसिर, ८  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । कञ्चनपुर–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनीक गरेको अन्तिम मतपरिणामअनुसार उनले २८ हजार १०० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्  ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार छ सय ४५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले ४ हजार ९३१ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३ हजार ५१० मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो । जसमा चार हजार नौ सय २० मत बदर भएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro