ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

व्यावसायिक डाटा सेन्टर

२०७९ मंसिर, ८  
१० वर्ष अघि
Tvs Raider NA

निजी क्षेत्रको लगानीमा व्यावसायिक महत्त्वको तथ्यांक सुरक्षण केन्द्र (डाटा सेन्टर) सञ्चालनमा आउने भएको छ । शनिवार उद्घाटन हुने यो केन्द्र निजी क्षेत्रको लगानीमा निर्माण भएको नेपालकै ठूलो हो । केन्द्रमा बैंक तथा वित्तीय एवम् अन्य क्षेत्रका महत्त्वपूर्ण तथ्यांक तथा कम्प्युटर सर्भरहरूको सुरक्षित भण्डारण गरिने निर्माता कास इन्फ्रास्क्ट्रक्चर सोल्युसन प्रालिका निर्देशक मंगेशलाल श्रेष्ठले बताए । केन्द्र भैरहवामा स्थापित भएको छ ।

पाँच करोड रुपैयाँभन्दा बढीको लगानीमा निर्माण भएको केन्द्रले बैंक तथा वित्तीय क्षेत्र तथा तथ्यांकको सुरक्षित भण्डारण चाहने संस्थाहरूको तथ्यांक सुरक्षित राख्नेछ । ‘हामी न्यूनतम २० वटा ठूला संस्थाको तथ्यांक सुरक्षित भण्डारण गर्न सक्छौं,’ श्रेष्ठले भने, ‘आवश्यकताअनुसार यसको क्षमता विस्तार गर्न सकिन्छ ।’ श्रेष्ठले केन्द्रको विस्तारमा थप १० करोड लगानी गरिने बताए । उनका अनुसार बैंकका डिजास्टर रिकभरी सिस्टम (डीआरएस) राख्नका लागि यो केन्द्र महत्त्वपूर्ण हुनेछ । केन्द्रमा तथ्यांकको रक्षाका लागि २४ सै घण्टा सुरक्षाको व्यवस्था छ ।

वर्ष ५, अंक २५, शुक्रवार, १५ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro