ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मुक्तिनाथ क्यापिटल र द हिमालयन ग्रिल बाई बाजेकोबीच सम्झौता

२०७९ मंसिर, ८  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं  । मुक्तिनाथ क्यापिटल लिमिटेड र द हिमालयन ग्रिल बाई बाजेकोबीच सम्झौता गरिएको छ । सामाखुसीमा रहेको द हिमालयन ग्रिल बाई बाजेकोले क्यापिटलका ग्राहकलाई छूट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेकोका अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावाल र लगानी व्यवस्थापन सम्बन्धी सेवा लिइरहेका ग्राहकले उक्त रेन्टुरेन्टको  सेवा सुविधामा १५ प्रतिशत छूट पाउनेछन् । क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिँदै आएका ग्राहकले आफ्नो डिम्याट खाता नम्बर र परिचय खुल्ने कागजात देखाई सो योजना अन्तर्गत उक्त छूट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro