ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सूर्य नेपालको ‘टफीचू तड्का लिची’ बजारमा

२०७९ मंसिर, ८  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । सूर्य नेपालले ‘टफीचू तड्का लिची’ बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफीचू अन्तर्गत नयाँ तड्का लिची बजारमा ल्याएको हो । ‘टेष्टको नयाँ ट्विस्ट’को नारासहित उक्त उत्पादनलाई बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

तड्का लिचीमा लिचीको स्वादका साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीको भनाइ छ । टफीचू तड्का लिचीको विक्री मूल्य प्रतिगोटा २ रुपैयाँ ५० पैसा कायम गरिएको कम्पनीले जानकारी दिएको छ । यसको नौलो स्वादले ग्राहकको मन जित्ने विश्वास कम्पनीले लिएको छ । टफीचू तड्का आँप र भुइँकटहरको स्वादमा उपलब्ध रहेको छ । साथै लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा सहयोग गर्ने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro