ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विपद्पछिको उत्थानशीलताबारे निजीक्षेत्रको छलफल

२०७९ मंसिर, ८  
विविध
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेट कन्सोर्टियम (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्र) नेपाल, व्यवस्थापन, आर्थिक सुधार तथा लैंगिक समानताका लागि उद्यम (एमर्ज) र ट्यान्जेन्ट वेभ्सले संयुक्त रूपमा आयोजना गरेको ब्याम्बु सिरिजको दोस्रो कार्यक्रम मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा विपद्को सामना गर्न व्यवसायहरूको पूर्वतयारी अवस्थाबारे छलफल गरिएको छ । कार्यक्रमले कोभिड–१९ जस्ता विपद्को समयमा उद्यम व्यवसायले सामना गरेका चुनौती, अपनाइएका प्रतिकार्य संयन्त्र र विपद्को पूर्वतयारीको महत्त्वबारे प्रस्ट्याएको छ ।

कार्यक्रममा एशियाली प्रकोप पूर्वतयारी केन्द्रका कन्ट्री प्रोग्राम म्यानेजर एड्विन एम सालोङ्गा, फिलिपिन्सको विपद् उत्थानशीलता संस्थानका मिसेल बेहोनानसहित निजीक्षेत्रका प्रतिनिधिको सहभागिता थियो । नेपाली ट्राभल एजेन्सी एएनटी होल्डिङ्स प्रालिका कार्यकारी निर्देशक शारदा जोशीले विपद्को समयमा व्यवसायको राम्रो व्यवस्थापनका लागि व्यवसाय निरन्तरता योजनाको विकास गर्नुपर्ने बताइन् ।

यसैगरी भिलेज क्याफेका गजेन्द्र मल्लले विपद्को सबैभन्दा मारमा महिला कामदार पर्ने गरेको औंल्याउँदै त्यसबाट राहत दिन सरकारले सामाजिक सुरक्षा संयन्त्र विस्तार गर्नुपर्नेमा जोड दिए । महिलालाई विपद् व्यवस्थापनको विषयमा तालीम दिन पनि निकै जरुरी भएको उनले बताए ।

रुष्टर लोजिकका प्रमुख कार्यकारी अधिकृत विजेन्द्ररोचन जोशीले भने कोभिडको समयमा कर्मचारीलाई तलब खुवाउन र बैंकहरूलाई भाकामै कर्जा भुक्तानी गर्न गाह्रो भएको बताए । सरकारले यस्ता चुनौती न्यूनीकरणका लागि उपलब्ध गराएका संसाधनहरूबारे जानकारीमा पहुँच चाहिएको पनि उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro