ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

‘नेपालको निर्वाचन व्यवस्थापनमा सुधार’

२०७९ मंसिर, ८  
विविध
Tvs Raider NA

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थापन र प्रक्रियामा सुधार देखिएको बताएका छन् । निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर बुधवार स्वदेश फर्कनुअघि अध्यक्ष थोउफिकले आफू विसं २०७० को निर्वाचनमा पनि नेपालमा आएको अनुभव सुनाउँदै अहिलेको निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनमा गरेको समन्वय उदाहरणीय रहेको बताए । काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोकका गरी आठ मतदानस्थलको अवलोकन गरेका उनले नेपालको निर्वाचन प्रणाली र व्यवस्थापनबारे पाइएका असल अभ्यासबारे आफूले माल्दिभ्समा जानकारी गराउने बताए ।

विकासोन्मुख मुलुकहरूका लागि विद्युतीय मतदान प्रणालीमा जान मतदाता तयार भइनसकेको पाइएको टिप्पणी गर्दै उनले हरेक निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गरिरहनुभन्दा मतदानस्थलपिच्छे मतगणना गर्न सकिने विषयमा नेपालले सोच्नुपर्ने सुझाव दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro