ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सिटिजन्स बैंकको ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

२०७९ मंसिर, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको ५ हजार ९२१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

बैंकले मंसिर ८ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. १४५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन दिनुपर्नेछ ।

विद्यमान संस्थापकहरूले तोकिएको मितिभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro