ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सर्वसाधारणले खरीद गर्न पाउने गरी सपोर्ट लघुवित्तको संस्थापक शेयर लिलामीमा 

२०७९ मंसिर, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ हजार १५० कित्ता संस्थापक शेयर मंसिर ८ गतेदेखि लिलामीमा आएको छ ।

कम्पनीले प्रतिकित्ता रू. ५०० मूल्य तोकेर मंसिर २५ गतेसम्मका लागि उक्त शेयर लिलामीमा ल्याएको हो । यो शेयर खरीदका लागि योग्य इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र मंसिर २६ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने तय भइसकेको छ । बाँडफाँटमा परेको बोलपत्रदाताहरूको शेयर खरीद विक्री गर्दा खरीदकर्ताको तर्फबाट तिर्नुपर्ने शेयर दलाल कमिसन तथा अन्य शुल्क खरीदकर्ताले नै तिर्नुपर्ने कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro