ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

२०७९ मंसिर, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकको  स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले गत वर्षभन्दा यस वर्ष लाभांश दर बढाएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro