ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

हुलास स्टील इण्डष्ट्रिजको साधारण सभा पुस ६ मा हुने, के- के छन् प्रस्ताव ?

२०७९ मंसिर, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले वार्षिक साधारण सभा पुस ६ गते गर्ने भएको छ । 

सभा अपराह्न १२ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहाल, काठमाडौंमा गर्ने जानकारी दिइएको छ । सभाले अवितरित हकप्रद शेयर बारेर छलफल गर्ने र  आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । 

त्यसैगरी सभाले आव २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म बन्द गर्ने जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro