ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भाडामा बस्नेका लागि दुःस्वप्न बन्दै लन्डनको घरभाडा बजार

२०७९ मंसिर, ८  
अन्तरराष्ट्रिय घरजग्गा
Tvs Raider NA

लन्डन (बेलायत) । कोठा वा अपार्टमेन्टमा बस्नेका लागि लन्डनको भाडा बजार डरलाग्दो सपना बनिरहेको छ । कोरोना भाइरसको महामारीका कारणण् विद्यार्थी र कामदारहरु पुनः यहाँ फर्किने क्रम बढेपछि भाडामा कोठा पाउन मुश्किल भएको छ । घर भाडामा दिने व्यक्ति, रियल ईस्टेट एजेन्ट र घरजग्गा खोजिदिने विज्ञहरुले अहिलेको बजार डरलाग्दो गरी अनियन्त्रित बनेको छ ।

आपूर्ति ह्वात्तै घटेको सयमा माग एक्कासी बढ्दा बजारमा समस्या उत्पन्न भएको छ । अनलाइन सम्पत्ति पोर्टल राइटमूभको डेटाअनुसार लन्डनमा भाडामा उपलब्ध कोठा वा अपार्टमेन्टको संख्या सन् २०२१ को सोही अवधिको तुलनामा यस वर्षको जुलाई र सेप्टेम्बरको बीचमा झन्डै एक चौथाईले घटेको छ । यसका कारण मूल्य भने बढेर अहिलेसम्म कहिले नदेखिएको स्तरमा उक्लिएको छ ।

मिलेर लिएको घर वा अपार्टमेन्टमा बिलसमेत एउटा कोठाको औसत मासिक भाडा अक्टोबरमा ९३३ पाउन्डड स्टर्लिङ पुगेको छ । यो कोभिडकोे महामारी शुरु हुन अघिको भन्दा १७ प्रतिशत धेरै भएको कोठा भाडामा बस्ने साथी खोजिदिने बेलायतको सबैभन्दा साइट स्पेयर रुपमको तथ्यांकले देखाएको छ । धेरैले रुचीमा नपर्ने ठाउँमा गएको वर्ष ३०० पाउन्डमा पाइने कोठाका लागि अहिले ९०० पाउन्ड तिर्नु परेको छ ।

भाडामा उपलब्ध घर वा कोठाका विज्ञापनमा दर्जनौं सन्देश पठाउँदा समेत  एक तिहाईले पनि उत्तर नदिने अवस्था भाडावालाहरुले सामना  गरिरहेका छन् । कोठा हातबाट उम्किने डरमा कोठा हेर्दैै नहेरी भाडामा लिनेहरु बढेका छन् । कोभिडका कारण शहरमा घरभाडाको माग सुस्ताएको थियो । हालैका महीनामा विद्यार्थी, जागिरे र विदेशी कामदार आउने क्रम बढेपछि माग अप्रत्याशित रुपमा बढेको स्पेयर रुमका सञ्चार निर्देशक म्याट हचिन्शनले भनेका छन् ।

सेप्टेम्बरमा भाडाका लागि उपलब्ध हरेक एक कोठाको लागि खोजिनिती गर्नेको संख्या ९ थियो । कोठा भाडा बजारमा आफूहरुले यस्तो अवस्था कहिले नदेखेको हचिन्शनको भनाइ छ । सेप्टेम्बरयता माग केही घटेको भएपनि गर्मीयाममा बजारमा चहलपहल धेरै हुने बेलाको औसत उच्च स्तरभन्दा बढी नै छ । कसैले एउटा कोठा खाली भनेर विज्ञापन दिएको छ भने सोमा सयौं सोधपुछ आउने सम्भावना धेरै भएको हचिन्सनले बताए ।

विज्ञापन दिनेबाट उत्तर पाउनु वा एजेन्टले भेट्नु त युद्ध नै भएको उनको भनाइ छ । कोठा पाउन लन्डनमा मात्रै होइन बेलायत भर नै भाडामा बस्नेहरुलाई सकस छ अहिले ।सेप्टेम्बरमा भाडामा बस्नेहरुमध्ये २० प्रतिशतले एउटै कोठाका लागि कयौं महीनासम्म पुग्ने पैसा तिरेको बताएका छन् । अर्का २० प्रतिशतले भने कोठाका लागि बोलकबोल नै गर्नु परेको थियो । कति पयले भने हप्तौं कोठा खोज्दा पनि नपाएको गुनासो गरिरहेका छन् ।

बजारमा थोरै मात्रै कोठा भाडाका लागि उपलब्ध रहेको तर भाडामा बस्न खोज्नेको संख्या धेरै भएर समस्या भएको छ । गत वर्षको तुलनामा खाली घर, कोठा वा अपार्टमेन्टको विज्ञापन ४० प्रतिशतसम्म घटेको छ । भाडा बजारमा नाफा खासै धेरै नभएपछि धेरै घरधनीहरुले बजार छाडेका थिए । २०१६ यता बेलायत सरकारले दोस्रो घर किन्दा तिर्नु पर्ने कर बढाएर धितो कर्जाको पुनःभुक्तानीपछि घर धनीहरुले दाबी गर्न सक्ने कर फिर्ता घटाएको छ ।

घरसम्पत्ति मर्मतसम्भारको लागत महँगो हुँदा पनि धेरै घरधनीले बजार छाडेका छन् । यो वर्ष घरको मूल्य बढेपछि केही घरधनीहरुले घर बेचेका छन् । यो वर्ष औसत घरको मूल्य ५ प्रतिशतले बढेको छ । कोठा भाडामा नपाइने अवस्था बढ्दा भाडावालहरुले बसिरहेको कोठा नछाड्ने व अहिलेकै कोठाभाडाको करार भाडा थोरै बढाएर कायम राखिरहेका छन् ।

महँगी नियन्त्रण गर्न बेलायती केन्द्रीय बैंक बैंक अफ इंगल्यान्ड (बीओई)ले ब्याजदर बढाउँदा धितो कर्जा महँगो हुँदा पनि पहिलो पटक घर किन्न चाहनेहरु भाडाकै घर वा कोठामा चित्त बुझाउन बाध्य छन् । लन्डनमा दुई ओटा सुत्ने कोठा भएको अपार्टमेन्टको औसत भाडा २ हजार २२६ पाउन्ड भएको राइट मूभको डेटाले देखाएको छ । यो सन् २०२० को फेबु्रअरीको अन्त्यभन्दा १९ प्रतिशत धेरै हो ।

आगामी वर्ष पनि लन्डनमा भाडाका कोठा वा अपार्टमेन्टको औसत भाडा साढे ५ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । थोरै भाडा तिर्नेहरु बढी सम्झौता गर्नु पर्ने अवस्था छ । सेवा सुविधा कटौती भएका छन् भने कोठाका लगभग सबै कुरामा सम्झौता गर्नु पर्नेछ स्थिति रहेको बताइएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro