ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

शंकर समूहको सवा पाँच अर्ब लगानी

२०७९ मंसिर, ९  
१० वर्ष अघि
Tvs Raider NA

औद्योगिक व्यावसायिक घराना शंकर समूहले दुई वर्षभित्र औद्योगिक क्षेत्रमा ५ अर्ब ३० करोड रुपैयाँ थप लगानी गर्ने भएको छ । समूहले स्टील, सिमेण्ट तथा खाद्य उद्योगको उत्पादन क्षमता वृद्धिका लागि यो परिमाणमा लगानी बढाउन लागेको हो । ‘दुई वर्षभित्र    हाम्रा उद्योगहरूको उत्पादन क्षमता दोब्बर बनाउँछौं,’ समूहका कार्यकारी निर्देशक शाहिल अग्रवालले अभियानलाई बताए ।

समूहले आफ्ना जगदम्बा अल्ट्रा तथा फोर्स ब्राण्डका सिमेण्टको उत्पादन क्षमतालाई दोब्बर बनाउन थप ३ अर्ब लगानी गर्ने भएको हो । ‘दुई वर्षभित्र सिमेण्ट उत्पादन क्षमता बढाएर वार्षिक १५ लाख मेट्रिक टन भन्दा बढी पुर्‍याउँछौं, अग्रवाल भन्छन, ‘यसका लागि नयाँ प्लाण्ट जडान गर्ने तयारी भएको छ ।’ आगामी पुसदेखि नै सिमेण्टको उत्पादन वार्षिक १० लाख टन पुग्ने गरी क्षमता वृद्धि गर्न लागिएको छ ।

वीरगञ्जमा थप गरिन लागेको नयाँ प्लाण्टको दैनिक सिमेण्ट उत्पादन क्षमता ३ सय मेट्रिक टन छ । समूहले हाल भैरहवामा तीन र वीरगन्जमा दुई गरी पाँच उद्योगबाट वार्षिक ६ लाख टन सिमेण्ट उत्पादन गरिरहेको छ । यसबाहेक अन्य सिमेण्ट प्लाण्टको पनि स्थापना गरिन लागेको अग्रवालले बताए ।
समूहअन्तर्गत हाल भैरहवामा जगदम्बा र अल्ट्रा तथा वीरगञ्जमा फोर्स, शुभश्री ब्राण्डको सिमेण्टको उत्पादन भइरहेको छ ।

 वर्ष ५, अंक २५, शुक्रवार, १५ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro