ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

महँगीको मार

२०७९ मंसिर, ९  
पाठक विचार
Tvs Raider NA

मुलुक निर्वाचनमा होमियो । निर्वाचन परिणाम पनि धमाधम आइरहेको छ । राजनीतिक बहस तातेको छ । जनताले परिवर्तन रोजेका छन् । तर, पुराना दलहरूको अहम् यथावत् छ । यस्तो बेला जनता महँगीको मारमा छन् जसका बारेमा राजनीतिमा लाग्नेहरूलाई कुनै चासो देखिएको छैन । निर्वाचनले यसै पनि महँगी बढाउँछ । त्यसमा पनि सरकारी संयन्त्र चुनावमा मात्रै केन्द्रित हुँदा व्यापारीले मौकामा चौका हानिहाल्छन् । मूल्य नियन्त्रणसम्बन्धी कुनै संयन्त्र छैन । नियमन निकायको काम प्रचारबाजी मात्रै देखिन्छ । यस्तोमा महँगीको मारमा सर्वसाधारण पर्ने गरेका छन् । महँगी बढ्नुमा आन्तरिक कारण मात्र छैन । अहिले विश्वभरि नै महँगी बढेको छ । युक्रेन र रूसबीचको युद्धले विश्व नै मन्दीतर्फ जाने हो कि भनी आशंका गरिँदै छ । अर्थतन्त्रलाई बिग्रन नदिन अहिले विश्वभरिका केन्द्रीय बैंक र सरकारले विशेष कार्यक्रम नै ल्याएका छन् । नेपालमा पनि डलर सञ्चिति नघटोस् भनेर सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । त्यसले पनि बजारमा महँगी नै बढाउन सहयोग गरेको देखिन्छ । हामी जनता कहिलेसम्म यसरी महँगीको मारमा परिरहने ?

सुजित खड्का
मण्डिखाटार, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro