ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

फुटबल ‘वर्ल्डकप’ लक्षित सीजीको क्यासब्याक योजना सार्वजनिक

२०७९ मंसिर, ९  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं  । विभिन्न इलेक्ट्रोनिक्स सामान विक्री गर्दै आएको सीजी ब्राण्डले ‘वर्ल्डकप’ लक्षित क्यासब्याक योजना सार्वजनिक गरेको छ । कम्पनीले जारी फुटबल वर्ल्डकप २०२२ लाई लक्षित गर्दै क्यासब्याक योजना सार्वजनिक गरेको हो ।

कम्पनीले सीजीका उत्कृष्ट टेलिभिजनहरूमा ५० हजार ९०० रुपैयाँसम्म क्यासब्याक दिने योजना ल्याएको हो ।

सीजीले नेपालकै एक मात्र ‘गुगल–सर्टिफाइड टीभी’ बजारमा उपलब्ध रहेको स्मरण गराउँदै टीभीमा उत्कृष्ट पिक्चर क्वालिटी लगायत एन्ड्रोइड सिस्टमका सबै फिचरहरू रहेको दाबी गरेको छ ।

सो ब्राण्डका टीभीहरू २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन् । हरेक सीजी टीभीहरूमा ३ वर्षको वारेन्टी रहेको र अन्य विभिन्न अत्याधुनिक फिचरहरू रहेको कम्पनीको भनाइ छ । यसमा फाइभजी नेटवर्कको क्षमतासहित डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro