ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बढी आयकर तिर्नेमा तेस्रोपटक नोबेलले पायो सम्मान

२०७९ मंसिर, ९  
प्रदेश ०१
Tvs Raider Image Not Found

विराटनगर  । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये नेपालमै सबैभन्दा बढी आयकर तिरेर यो वर्ष पनि विराटनगरस्थित नोबेल मेडिकल कलेज सम्मानित भएको छ । डा. सुनिल शर्माद्वारा सञ्चालित नोबेलले लगातार सर्वाधिक आयकर तिरेर तेस्रोपटक यो सम्मान पाएको हो । ११औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले बुधवार काठमाडौंमा गरेको कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक आयकर तिरेबापत नोबेललाई सम्मान गरिएको हो । नोबेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. भागेन्द्रप्रसाद उपाध्यायलाई सम्मानपत्र हस्तान्तरण गरिएको छ ।

विपन्न परिवारमा हुर्किएर ठूलो मेहनत र संघर्षका साथ सफल व्यवसायी बनेका डा. शर्माको नोबेल अस्पताल मुलुकको ठूलो करदाता बन्न सफल भएको हो । डा. शर्मा काठमाडौं मेडिकल कलेजका पनि सञ्चालक हुन् । व्यावसायिक सफलतासँगै उनी राजनीतिक यात्रामा पनि अघि बढिरहेका छन् । अहिले उनी मोरङ क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । निर्वाचनपछिको मतगणनामा उनले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro