ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच सम्झौता

२०७९ मंसिर, ९  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच सम्झौता गरिएको छ । बैंकका विशेषाधिकार कार्ड होल्डरलाई रिसोर्टका सेवा सुविधामा छूट उपलब्ध गराउने गरी दुई संस्थाबीच सम्झौता गरिएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् । बैंकका विशेषाधिकार कार्ड होल्डरहरूले रिसोर्टको सेवा उपयोग गर्दा रुम, खाना तथा पेय पदार्थमा १० प्रतिशत छूट पाउने सम्झौतामा उल्लेख छ । बैंकले विभिन्न बचतकर्ता, शेयरधनीलगायत सरोकारवालालाई विभिन्न मापदण्डको आधारमा विशेषाधिकार कार्ड उपलब्ध गराएको छ । सोही कार्डको आधारमा छूट पाउने बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro