ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सनराइज बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

२०७९ मंसिर, ९  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता गरिएको छ । डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउन व्यावसायिक सम्झौता गरिएको हो । सम्झौतापछि बैंकका ग्राहकहरूले वस्तु तथा सेवा खरीद गरी बैंकको मोबाइल बैंकिङ एप ‘सन्राइज स्मार्ट प्लस’ को स्मार्ट क्यू आरमार्फत भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका डिजिल बैंकिङ प्रमुख दीलिप मैनाली र स्र्माटच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजूले हस्ताक्षर गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro