ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

‘सनसिल्क दशैं भाइब्स २’ प्रतियोगिताका विजेता घोषणा

२०७९ मंसिर, ९  
बजार
Tvs Raider Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान

काठमाडौं  । ‘सनसिल्क दशैं भाइब्स २’ प्रतियोगिताका विजेता घोषणा गरिएको छ । कम्पनीले दशैंको अवसरमा सञ्चालन गरेको डिजिटल कन्टेस्ट ‘सनसिल्क दशैं भाइब्स’को विजेता घोषणा गरेको हो । प्रतियोगीहरूलाई आफ्नो राम्रो हेयर स्टाइल र दशैं भाइब्स प्रदर्शन गरी सहभागी हुने अवसर कम्पनीले दिएको थियो ।  प्रतियोगिता अभियानलाई ६० मिलियनभन्दा  बढीे भ्युज प्राप्त भएको कम्पनीले जानकारी दिएको छ । अभियानमा २ हजार ८०० भन्दा बढी प्रतियोगीहरूले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेको कम्पनीको भनाइ छ । प्रतियोगिताका विजेताहरूलाई सनसिल्कको सीमित ‘दशैं प्याक’ संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड रहेको दाबी गरे । ‘नेपालभर विक्री हुने एवं लाखौं ग्राहकको रोजाइ बनेको सनसिल्क नि:सन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो,’ उनले भने, ‘गतवर्ष सन् २०२१ को दशैं पर्वमा आयोजित दशैं भाइब्स प्रतियोगिताका विजेताहरू सनसिल्क ग्याङ अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं ।’ कम्पनीले सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै २०२२ सेप्टेम्बर १ मा ‘डबल सेलिब्रेशन’ नारासहित दशैं भाइब्स २ सञ्चालन गरेको थियो ।

उक्त प्रतियोगितामा सहभागीहरूले उनीहरूको राम्रो हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेका फोटो वा भिडियो पठाउनुपर्ने शर्त थियो ।

सहभागीहरूमध्ये ३ जना विजेतालाई रू. १/१ लाख पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासँग सनसिल्क ग्याङ अफ गल्र्सको नेतृत्व गर्ने तथा सनसिल्कका प्याकहरूमा प्रस्तुत हुने अवसर दिइएको कम्पनीको भनाइ छ । यी विजेताहरूको चयन गर्नेमा नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro