ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मर्जर प्रस्ताव पारितका लागि एनसीसी बैंकले बोलायो विशेष साधारण सभा 

२०७९ मंसिर, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २५ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गतेको सञ्चालक समिति बैठकले का अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले कुमारी बैंकसँगको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर एक शेयर आदानप्रदान अनुपातलाई समेत विशेष साधारण सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जर प्रक्रिया पूरा गर्नका निम्ति आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् । कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि बैंकको शेयर कारोबार भने गत असोज ११ गतेदेखि रोक्का रहेको छ ।

एकै दिन कारोबार रोक्का भएको कुमारी बैंकको शेयर कारोबार आइतवारदेखि फुकुवा हुँदैछ भने बिहीवारसम्म एनसीसी बैंकको शेयर कारोबार फुुकुवाको सूचना सार्वजनिक भएको छैन । बैंकले मंसिर १५ गते बुक क्लोज गरेको आधारमा त्यसअघि नै कारोबार खुला गर्ने तयारी रहेको बुझ्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro