ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कुमारी बैंकको शेयर कारोबार फुकुवा, आइतवारदेखि कारोबारमा आउने 

२०७९ मंसिर, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँगको मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार मंसिर ८ गते फुकुवा भएको हो ।

नेप्सेका अनुसार मंसिर ११ गते आइतवारदेखि कुमारी बैंकको शेयर कारोबार फुकुवा हुनेछ । नेप्सेले बैंकको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार फुकुवा गरेको हो । एकै दिन शेयर कारोबार रोक्का भएको एनसीसी बैंकको भने शेयर कारोबार फुकुवा हुन बाँकी रहेको छ । सम्बन्धित कम्पनीहरूले आधारमूत शेयरधनीहरूको विवरण सहित नेप्से र सिडिएससीमा निवेदन दिएपछि मात्र शेयर कारोबार फुकवाको प्रकृया अघि बढ्ने व्यवस्था छ । 

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबार पश्चात् बढीमा १५ दिन मात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै यस अघि रोक्का रहेका कम्पनीहरूले क्रमिक रुपमा कारोबार फुकुवाको प्रक्रिया अघि बढाएका हुन् ।

नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संंगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका , २०७९ लागू गरेसँगै लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको हो । अब मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार भएपछि मात्र बढीमा १५ दिन शेयर कारोबार रोक्का हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro