ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निफ्राको चौथो वार्षिक साधारण सभा शनिवार हुने, यी प्रस्ताव पारित हुँदै

२०७९ मंसिर, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को चौथो वार्षिक साधारण सभा भोलि शनिवार मंसिर १० गते हुँदै छ  ।

सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे शुरु हुने जानकारी दिएको हो । सभाले ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १ गते बुक क्लोज गरिसकेको छ ।

यस आधारमा कात्तिक ३० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro