ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

२०७९ मंसिर, ९  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अघिल्लो दिन १ हजार रूपैयाँले बढेको सुनको मूल्य शुक्रवार भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँमा कायम भएको छ । बिहीवार सुन सोही मूल्यमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रूपैयाँले घटेर १ हजार २९५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३०५ रूपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३० रूपैयाँ ९२ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ २६ पैसा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro