ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

२ खेलबाटैअर्को चरण पुग्ने बेलायती योजना, २० वर्षपछि बेलायतलाई हराउने अमेरिकी दाउ

२०७९ मंसिर, ९  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Tvs Raider Image Not Found

काठमाडौं । कतार विश्वकपमा बेलायतले समूह चरणको आफ्नो पहिलो खेलमा इरानलाई ६–२ गोलको फारकिलो अन्तरले हराएको उत्साह बेलायती टोलीमा ताजै छ । शुक्रवार बेलायत र अमेरिका समूूह चरणको दोस्रो खेलका लागि आमनेसामने हुँदा दुवै टोलीको लक्ष्य स्पष्ट जित  निकाल्नु नै हुने छ । यो खेलमा बेलायतले जित हात पारेमा विश्वकपको नकआउट चरणमा उसको यात्रा सुनिश्चित हुनेछ । अमेरिकाले भने नकआउट चरणमा पुग्ने आशा जिवित राख्नको लागि यो खेल जित्नै पर्ने दबाब छ ।

घुँडाको चोटले पीडित बेलायती टोलीका कप्तान एवम् स्टार स्ट्राइकर हेरी केन निको भएर शुक्रवार मैदानमा प्रवेश गर्दै छन् । यो खबरले बेलायती खेलाडीहरूमा झनै उत्साह थपेको हुनुपर्छ । इरान विरुद्धको खेलमा २ गोल गरेका बुकायो साका र एक गोल गरेका ज्यूड बेलिङगमको साथ केनलाई मिल्यो भने कस्तो चमत्कार होला ? कल्पना गर्नु त एक पटक । 

अर्को तर्फ अमेरिकाले आफ्नो प्रदर्शन सुधार्न खोजिरहेको छ । वेल्ससँगको खेलमा १–१ गोल गरेर अंक बाँडेको अमेरिकालाई नक आउटमा पुग्न बेलायतलाई हराउनै पर्ने बाध्यता छ । अमेरिकी टोलीमा इंगलिश प्रिमियर लिग चेल्सीका खेलाडी क्रिष्टियन पुलिसिक कप्तान छ । समूहमा प्रिमियर लिगमा नियमित रुपमा खेल्ने अन्य खेलाडीहरु पनि छन् । तर ९० मिनेटका लागि बेलायतसँगको आफ्नो विशेष सम्बन्धलाई भुलेर अमेरिकी खेलाडीहरु आफ्नो देशको टोलीलाई उत्तम देखाउन लागि पर्नेछन् ।

समूह चरणबाट सजिलै नकआउटमा पुग्ने टोलीको नाम सोध्दा धेरैको मुखमा बेलायत नै आउँछ । क्वालिफाइङ चरणमा ६ ओटा खेलमा विजय हासिल नगरेको बेलायतले समूह चरणको शुरुआती खेलमा राम्रो खेलेर आफ्नो छवी चम्काएको छ । मिडफिल्डलाई आक्रामक बनाउने कोच ग्यारेथ साउथगेटको निर्णय लाभदायक साबित भएको छ ।

बेलिङगम, डेक्लान राइस र मासन माउन्टको साथमा रहिम स्टिर्लिङले टोलीलाई बलियो बनाएको छ । तर टोलीमा रक्षा पंक्तिमा केही त्रुटीको लाभ उठाएर इरानी खेलाडीहरुले गोलकिपर जोर्डन पिकफोर्डलाई दुई पटक छक्याएका थिए । यस्तो खालको गल्ती दोहोर्याएमा अमेरिकी टोलीले कसरी फाइदा लिन सक्छ भन्ने उनीहरुले थाहा पाएका छन् ।

तर अमेरिकी कोच ग्रेग बेर्हाल्टरका खेलाडीहरूमाथि पनि दबाब धेरै छ । शुक्रवारको खेलमा हार वा बराबरी जे खेलेपनि समूह चरणको अन्तिम खेल इरानसँग अमेरिकाले जसरी पनि जित्नु पर्ने अवस्था आउनेछ । शुक्रवार अमेरिकी टोलीको लागि सबैभन्दा ठूलो परीक्षण हुनेछ । 

अन्तिम पटक विश्वकपमा अमेरिकाले बेलायतलाई २००२ मा हराएको थियो । २०२० को प्रतिस्पर्धामा उसले बेलायत विरुद्ध १–१ को बराबरी खेलेको थियो । अमेरिका र बेलायतसँगको भेटमा बेलायतले ८ पटक जितेको छ । अमेरिकासँगको जितले बेलायत सहजै नकआउट चरणमा पुग्नेछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro