ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, शेयर संरचना परिवर्तनको प्रस्ताव पारित

२०७९ मंसिर, ९  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा लैनचोर ब्या‌क्वेट, काठमाडौंमा शुक्रवार सम्पन्न भएको हो ।  सभाले हाल कायम शेयर संरचनालाई परिवर्तन गर्ने स्वीकृति दिने प्रस्ताव पारित गरेको छ ।

हाल सर्वसाधारणमा ३० प्रतिशत र संस्थापक शेयरधनीको ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयर संरचना परिवर्तन गरेर सर्वसाधारणको ४९ प्रतिशत र संस्थापक समूहको ५१ प्रतिशत शेयर स्वामित्व बनाउने प्रस्ताव पारित भएको छ ।  
साथै सभाले एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनको लागि दायित्व मूल्यांकन कार्य (डीडीए) गर्न, आवश्यक बीमाङ्कीय मूल्यांकनका लागि परामर्शदाता, मूल्यांकनकर्ता लगाायत कानुनी परामर्शदाता र अन्य विज्ञ नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी कम्पनी एक आपसमा गाभिने तथा प्राप्तिसम्बन्धी प्रचलित नियम, कानून तथा निर्देशनहरू बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरू पूरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरू उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने गाभिनेसम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल यस कम्पनीले प्रभु इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro