ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

निर्वाचनले दोस्रो बजारमा ल्यायो उत्साह, औसत कारोबार रकम र कित्तामा वृद्धि

२०७९ मंसिर, १०  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत साता दुई दिन सार्वजनिक विदा परेकाले धितोपत्र दोस्रो बजार तीन कारोबार दिन मात्र खुला भएको छ ।

तीन कारोबार दिनमा लगानीकर्ताको सम्पत्ति मूल्य अघिल्लो साताभन्दा रू. ४७ करोड २३ लाखभन्दा बढीले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ८६ अर्ब २३ लाख रहेको कुल बजारपूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ८१ ऋर्ब २९ करोड ९८ लाख कायम भएको हो ।
तीन कारोबार दिनमा नेप्से परिसूचक दुई कारोबार दिन घटेको छ भने एक दिन बढेको छ । मंगलवार नेप्से परिसूचक ७ दशमलव १३ अंक र बुधवार ७ दशमलव ७२ अंक घटेको थियो ।

बिहीवार भने नेप्से परिसूचक ११ दशमलव ५६ अंकले बढेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन १  हजार ९३६ दशमलव ८४ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १ हजार ९३३ दशमलव ५५ विन्दुमा झरेको हो ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनपछि दोस्रो बजारमा केही उत्साह थपिने विश्वास लगानीकर्ताको छ । चुनावी माहोलले बजारमा तरलता सहज भई त्यसको सकारात्मक असर दोस्रो बजारमा पर्ने विश्वास लगानीकर्ताहरूले गरेका हुन । पूँजीबजारको विकास र विस्तारका निम्ति सरोकारवाला निकायहरूलाई दबाब दिईरहने पूँजीबजारका लगानीकर्ता एवम् अभियान्ता हरी ढकालले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट विजयी हासिल गरेका छन् । ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नबाट उमेद्वारी दिएका थिए । 

समग्र पूँजीबजारलाई बुझेका ढकालले आगामी दिनमा आधा करोड लगानीकर्ताको हितका लागि सदमा आवाज उठाउने अपेक्षा आम लगानीकर्ताको छ । अग्रज एवम् अनुभवी लगानीकर्ता अम्बिका प्रसाद पौडेलले आधा करोड लगानीकर्ता रहेको पूँजीबजारलाई नीति निर्माण एवम् नियामकहरूले नबुझ्दा बजार आजको अवस्थामा आएको प्रतिक्रिया दिएका छन् । नीति निर्माण तहमै प्रतिनिधित्व हुने गरी हरि ढकालले सदनमा स्थान पाएकाले आगामी दिनमा पूँजीबजारको लागि आवश्यक नीति निर्माणमा ढकालले विशेष चासो राख्ने विश्वास पौडेलको छ ।

चुनावी माहोलका बीच गत साता तीन कारोबार दिनमा रू. ३ अर्ब ३० करोडभन्दा बढीको ९१ लख ७२ हजार ४३८ कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साता पाँच कारोबार दिनमा रू. ५ अर्ब ३१ करोडभन्दा बढीको १ करोड ४१ लख ५ हजार १५७ कित्ता धितोपत्र खरीदविक्री भएको थियो । 

गत साता अघिल्लो साताको तुलनामा रू. २ अर्ब १ करोडभन्दा बढीको ४९ लाख ३२ हजार ७१९ कित्ता कम धितोपत्र खरीदविक्री भएको हो । कुल कारोबार रकम र कित्तामा कमी आए पनि गत साता औसत कारोबार कित्ता र रकम भने बढेको छ । गत साता औसतमा रू. १ अर्ब १० करोड बराबरको ३० लाख ५७ हजार ४७९ कित्ता धितोपत्र खरीदविक्री भएको हो । अघिल्लो साता औसतमा रू. १ अर्ब ६ करोड बराबरको २८ लाख २१ हजार ३१ कित्ता धितोपत्र खरीदविक्री भएको थियो ।

अघिल्लो साताभन्दा यो साता औसतमा रू. २३ करोड ६४ लाख बराबरको २ लाख ३६ हजार ४४७ कित्ता धितोपत्र बढी कारोबार भएको हो ।

गत साता लगानी समूहका लगानीकर्ताले सर्वाधिक गुमाए 
गत साताको कारोबारमा लगानी समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । समूहगत उपसूचकमा आएको कमिको आधारमा लगानी समूहले सर्वाधिक गुमाएको देखिएको हो । अघिल्लो साताको तुलनामा गत साता लगानी समूहको उपसूचक सर्वाधिक १ दशमलव ११ प्रतिशत घटेको छ । 

गत साता होटल्स तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६९ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३५ प्रतिशत, अन्यको शून्य दशमलव ३२ प्रतिशत, लघुवित्तको शून्य दशमलव २३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १५ प्रतिशत उपसूचक घटेको हो । गत साता उत्पादन तथा प्रशोधन समूहको उपसूचक सर्वाधिक १ दशमलव २० प्रतिशत बढेको छ । 

त्यस्तै व्यापारिक समूहको १ दशमलव १७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७० प्रतिशत, जीवन बीमा शून्य दशमलव शून्य ६ प्रतिशत र बैंकिङ्ग समूहको उपसूचक शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro